adv
Advertise Expired !

२ जनालाई जबरजस्ती करणी गरेको अभियोगमा पुजारी पक्राउ

बाँके, १२ भदौ । बाँकेकाे डुडुवा गाउँपालिकामा २ जनालाई जबरजस्ती करणी गरेको अभियोगमा १ जना पक्राउ परेकाे छ । डुडुवा गाउँपालिकामा  ५ कम्मरजँहास्थित बाबाकुटी मन्दिरका पुजारी सोही ठाउँ बस्ने ४० वर्षीय नजिर महमदलाई प्रहरीले पक्रउ गरेकाे हाे ।

मन्दिरका पुजारीका पुजारी समेत रहेका महमदलाई ३० वर्षीया र २८ वर्षीया २ जना महिलालाई झारफुक गर्ने बाहानामा बोलाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको छ ।

महमदले ती महिलाहरूलाई झारफुक गर्ने बहानामा बुधबार मन्दिरको कुटिमा बोलाई जबरजस्ती करणी गरेको भन्ने खबर बिहीबार बेलुका प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बनकट्टीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

adv

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु