adv
adv

झापाको कमल गाउँपालिकामा एक हप्ता निषेधाज्ञा थपियो

झापा,१३ भदौ । झापाको कमल गाउँपालिकाले  एक हप्ता निषेधाज्ञा थप गरेको छ ।

आज  बिहान बसेको कार्यपालिकाको बैठकले निषेधाज्ञा थप गर्नका लागि जिल्ला प्रशासन कार्यालय झापालाई सिफारिस गर्ने निर्णय गरेकोहो ।

गाउँपालिकामा पछिल्लो समय कोरोना भाइरसको संक्रमण निरन्तर बढिरहे पछि त्यसलाई रोगथाम र नियन्त्रण गर्नका लागि भदौ २० गते राति १२ बजेसम्म निषेधाज्ञाको समय थप गर्ने निर्णय भएको हो ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवास श्रेष्ठले कार्यपालिका बैठकको निर्णयानुसार निषेधाज्ञा जारी गर्न जिल्ला प्रशासन कार्यालय झापालाई सिफारिस गर्ने निर्णय भएको जानकारी दिएका हुन् ।

निषेधाज्ञाका समयमा गाउँपािलकाको वडा नम्वर ३ केर्खामा कुनै पनि पसल खोल्न पाइने छैन भने अन्य क्षेत्रमा बिहान ९ बजेसम्म अतिआवश्यक बस्तु तथा सेवाको व्यवसाय खुल्ला रहने आज प्रकाशित प्रेस विज्ञप्तीमा उल्लेख छ ।

Advertise Expired !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु