adv
Advertise Expired !

नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २०७ पुग्यो

झापा,१३ भदौ । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसकाे संक्रमणबाट थप १२ जनाको मृत्यु भएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार तीन महिला र ९ जना पुरुषको कोरोनाबाट मृत्यु भएको हो। यससँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या २०७ पुगेको छ।

पाल्पामा ३० वर्षीया महिला, काठमाडाैँ ५१ वर्षीय महिला र ८३ वर्षीय पुरुष, भक्तपुरमा ६२ वर्षीया महिला र ८२ वर्षीय पुरुष,  पर्सामा ४८ र ३९ वर्षीय दुई पुरुष, सिरहामा ८४ वर्षीय पुरुष, गाेरखामा ३८ वर्षीय पुरुष, कास्कीमा ५८ वर्षीय पुरुष तथा ललितपुरमा ७२ र ६१ वर्षीय दुई पुरुषको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।

adv

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु