adv
adv

प्रदेश न १ सहित देशका केही स्थानहरूमा भारी वर्षाको सम्भावना

काठमाडौँ ,१६ भदौ । देशभरको मौसम मंगलबार सामान्यतया बदली भइ धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मनसुनको न्यून चापीय रेखा पूर्वी र मध्य भू–भागमा नेपाल नजिक रहेकाले मनसुनी गतिविधि अघिल्ला दिनको भन्दा केही सक्रिय बनेको हो ।

अहिले देशको केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा र प्रदेश १ र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षा समेत भइरहेको छ।

मंगलबार दिउँसो देशभर सामान्यतया बदली रहि धेरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् ।

राति पनि देशभर सामान्यतया बदली रही केही स्थानहरुमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का थोरै स्थानहरुमा भारी वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन मौसमविदले आग्रह गरेका छन् ।

Advertise Expired !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु