adv
adv

सुनको भाउ तोलामा ९ सय रुपैंया बढ्यो

काठमाडौँ ,१६ भदौ । सुनको मूल्य मंगलबार पनि बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको मूल्य तोलामा नौ सय रुपैयाँले बढेर ९८ हजार चार सय रुपैयाँमा कारोबार भइरहेको छ।

सोमबार छापावाला सुनको मूल्य तोलामा ९७ हजार पाँच सय रुपैयाँ थियो ।

तेजाबी सुनको मूल्य तोलामा पनि नौ सय रुपैयाँले नै बढेर ९७ हजार नौ सय रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार तेजाबी सुनको मूल्य तोलामा ९७ हजार रुपैयाँ थियो।

यस्तै चाँदीको मूल्य तोलामा ३० रुपैयाँले बढेर १३ सय ९५ रुपैयाँमा कारोबार भइरेहेको महासंघले जनाएको छ।

adv

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु