adv
adv

उपत्यकामा लकडाउन एक हप्ताका लागि थप

काठमाडौँ, १७ भदौ । काठमाडौँ उपत्यकामा जारी लकडाउन एक हप्ताका लागि थप गरिएको छ । यो अनुसार भदौ २४ गते राति १२ बजेसम्मे निषेधाज्ञा कायम रहने छ

आज उपत्यकाका तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको बैठकले सो निर्णय गरेको हो । साथै बैठकले अत्यावश्यक वस्तुहरूमा खाद्यवस्तु, दूध, फलफूल तरकारी आदि बिहान ११ बजेसम्म बिक्री गर्न पाउने व्यवस्था गरेको छ ।

त्यस्तै विकास निर्माणसँग सम्बन्धित सामग्री पसल तथा सवारी साधन दिउँसो २.०० बजेदेखि राति ९ बजेसम्म सञ्चालन गर्न पाउने छन् ।

साथै पीसीआर नेगेटिभ आएकाले टेकअवे सेवा तथा होम डेलिभरी सेवा पनि सञ्चालन गर्न पाउने भएकाे छ ।
सरकारले भदौ ३ गते जारी गरेको निषेधाज्ञा भदौ १० सम्म कामय गरिएकोमा पुनः सात दिनलाई थप गरी आज राति १२ बजे सम्मका लागि कायम गरिएको थियो ।

adv

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु