adv
Advertise Expired !

नेयमार, डी मारिया सहित पिएसजीका ३ खेलाडीमा कोरोना संक्रमण


काठमाण्डौ । फ्रान्सको ए डिभिजनको फुटबल क्लब पेरिस सेन्ट जर्मेइनका तीन जना खेलाडीलाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

पीएसजीका नेयमार, एन्जेल डी मारिया र लियन्द्रो परअरदेसमा सङ्क्रमण पुष्टि भएको फ्रान्सको एक रिपोर्टमा भनिएको छ ।

इबिजामा बिदा मनाएर फर्किएपछि तीन जना खेलाडीमा कोरोना सङ्क्रमण पुष्टि भएको क्लबले जनाएको छ ।

‘तीन जना पेरिस सेन्ट जर्मेइनका खेलाडीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ र उनीहरूले उपयुक्त स्वास्थ्य मापदण्डको पालना गर्ने गर्नेछन् । अब सबै खेलाडी, प्रशिक्षक र सबै सदस्यको पनि कोरोना परीक्षण गरिने छ’, विज्ञप्तिमा भनिएको छ । यो समाचार उज्यालो अनलाइनमा प्रकाशित छ ।

adv

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु