adv
Advertise Expired !

अर्जुनधाराका ५०६ जना अटो चालकको स्वाब संकलन

झापा । अर्जुनधारा नगरपालिका क्षेत्रमा अटो (टेम्पो) सञ्चालन गर्दै आएका व्यावसायिक चालकहरुको कोरोना भाइरस परीक्षणका लागि स्वाब संकलन गरिएको छ ।

नगरपालिकाको स्वास्थ्य शाखामार्फत शनिश्चरे क्वारेन्टाइनमा बिहीबार र शुक्रबार गरी ५१५ जनाको स्वाब संकलन गरिएको हो । स्वाब संकलन गरिएका मध्ये ६ जना क्वारेन्टाइनमा रहेका र ३ जना दीर्घ रोगी व्यक्ति रहेका छन् ।

स्वाब संकलनका लागि करिब ६७० जनाले नाम र नम्बर टिपाएको स्वास्थ्य शाखा प्रमुख मुकुन्द बस्नेतले जानकारी दिए । बिहीबार २ सय जना र शुक्रबार ३१५ जनाको स्वाब संकलन गरिएको उनको भनाइ छ ।

स्वाब संकलन गरिएकामध्ये कोशी कोभिड अस्पताल विराटनगरमा १९१, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा ३१५ र प्रादेशिक प्रयोगशाला विराटनगरमा ९ जनाको परीक्षणका लागि पठाइएको छ ।

हिजो संक्रमण पुष्टि भएका अर्जुनधारा ८ का पुरुषलाई मेची कोभिड अस्पताल भद्रपुरमा थप उपचारका लागि लगिएको छ । उनी होटल क्वारेन्टाइनमा बसेका थिए । अहिले होटललाई सिल गरिएको छ ।

यस्तै, अर्जुनधारा ११ स्थित बसपार्क क्षेत्रमा दिदीभाइमा संक्रमण पुष्टि भएको क्षेत्रमा कन्ट्याक ट्रेसिङ गरिने भएको छ । पाँच दिनभित्रमा कन्ट्याक ट्रेसिङ गरिने स्वास्थ्य शाखाले जनाएको छ ।

adv

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु