adv

भारतमा कोरोना संक्रमितको संख्या ४० लाख २० हजार बढी,६९ हजार बढीको मृत्यु

काठमाण्डाै । भारतमा कोरोना भाइरस सङ्क्रमितको संख्या ४० लाख नाघेको छ । गएको २४ घण्टामै ८७ हजार एक सय १५ जना सङक्रमित थपिएसँगै भारतमा कोरोना भाइरस सङ्क्रमितको संख्या ४० लाख २० हजार नाघेको छ ।

यो समाचार तयार पार्दासम्म भारतमा कोरोना सङ्क्रमणबाट ६९ हजार छ सय ३५ जनाको ज्यान गइसकेको छ भने ३१ लाख चार हजार भन्दा धेरै निको भएका छन् । अहिले भारतमा आठ लाख ४६ हजार भन्दा धेरै सक्रिय सङक्रमित रहेका छन् ।

एक अर्ब ३८ करोड २३ लाख भन्दा धेरै जनसंख्या रहेको भारतमा अहिलेसम्म चार करोड ६६ लाख ७९ हजार भन्दा धेरैको कोरोना परीक्षण भैसकेको भारतको स्वास्थ्य विभागले जनाएको छ ।

विश्वमा अहिले ७० लाख भन्दा धेरै सक्रिय सङ्क्रमित रहेका छन् ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु