
झापा,२० भदौ । झापामा शनिवार थप पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौंलागाईंका अनुसार दमक नगरपालिकाका वडा न : २ र ८ का १ महिला र २ पुरुष, विर्तामोड नगरपालिकाका वडा न : २ का १ पुरुष र शिवसताक्षी नगरपालिकाका वडा न : २ का १ पुरुषमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।
विर्तामोड नगरपालिकाका संक्रमित अटो चालकहरूको स्वाब संकलन गर्दा स्वाब दिएका रहेको बुझिएको छ।
आज संक्रमण पुष्टि हुनेमा सबै स्थानीयबासी रहेका चौंलागाईंले बताए । यो संगै झापामा कुल संक्रमितको संख्या ६४६ जना पुगेको छ भने ४८१ जना निको भएर घर फर्किएका छन् ।

