adv
Advertise Expired !

माछा मार्ने क्रममा २ युवकलाई खोलाले बगाएर बेपत्ता

ताप्लेजुङ, २१ भदौ । ताप्लेजुङको सिदिङ्वा गाउँपालिका–७ सुरुम्खिमका दुईजना युवक स्थानीय तावा खोलाले बगाएर बेपत्ता भएका छन् ।

शनिबार दिउँसो माछा मार्ने क्रममा तावाखोलाले बगाएर सुरुम्खिमका ३२ वर्षीय सूर्यमान लिम्बू र ३६ वर्षीय सुमन लिम्बू बेपत्ता भएका हुन् ।

ताप्लेजुङका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले दुई युवकलाई खोलाले बगाएर बेपत्ता बनाएको भन्ने खबर पाउनासाथ प्रहरीचौकी खेबाङबाट प्रहरी टोली घटनास्थलतर्फ खटाएको जानकारी दिए । प्रहरी र स्थानीय सहितको टोलीले बेपत्ता हुनेको खोजी कार्य जारी राखेका पनि प्रनाउ श्रेष्ठले बताए ।

सिरिजङ्घा गाउँपालिका–७ खेबाङ र सिदिङ्वा गाउँपालिका–७ सुरुम्खिमको सिमाना भई बग्ने तावाखोलाको लुम्ला भन्ने ठाउँबाट उनीहरु बगेर बेपत्ता भएको बताइएको छ

adv

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु