झापा,२७ भदौ । नेपालमा कोरोना भाइरसकाे संक्रमणबाट थप १४ जनाको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ११ पुरुष र ३ महिला गरी १४ जनाको मृत्यु भएको हो।
सुनसरीका ४३ वर्षीय पुरुष, पर्साकी ७८ वर्षीया महिला, काठमाडौँका ७६ वर्षीया महिला तथा ५१ र ५४ वर्षीय पुरुष, भक्तपुरका ७२ र ३८ वर्षीय पुरुष, चितवनका ६१ वर्षीय पुरुष, तनहुँकी ७६ वर्षीया महिला, स्याङ्जाका ८५ वर्षीय पुरुष, गाेरखाका ४५ वर्षीय पुरुष, कास्कीका ५१ वर्षीय पुरुष र रुपन्देहीका ४० र ६० वर्षीय पुरुषको कोरोनाबाट मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३३६ पुगेको छ।

