adv

आजको मौसम कस्तो छ त ?

काठमाण्डौ ,२८ भदौ । आज प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश र गण्डकी प्रदेशका केही ठाउँहरुमा मेघ गर्जन र चट्याङसहित पानी परेको छ ।

मनसुनी वायुको  प्रभावका कारण पानी परिरहेको मौसमविद् राजु प्रधानाङ्गले जानकारी दिए । उनका अनुसार आज दिउँसो पनि प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश र गण्डकी प्रदेशका एक वा दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ।

राति भने देशभर आंशिकदेखि सामान्य बदली भएर केही ठाउँमा भारी र केही ठाउँमा हल्कादेखि मध्यम खालको पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुनी वायुको प्रभाव रहिरहने हुनाले भोलि र पर्सि पनि पानी पर्ने सम्भावना रहेको मौसमविद् प्रधानाङ्गले जानकारी दिए ।

आज प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश र गण्डकी प्रदेशका एक/दुई ठाउँमा भारी वर्षाको सम्भावना भएकाले ती ठाउँका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने भएकाले सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु