adv

बालदिवसको अवसरमा प्रदेश १ स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न


इलाम ।
 राष्ट्रिय बाल दिवसको अवसरमा आयोजित प्रदेश १ स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा मोरडँका नवराज भट्टराई प्रथम भएका छन् ।

“कोरोना भाइरसले बालकालिकामा पारेको असर र सरोकारवालाको भूमिका” विषयक प्रतियोगितामा ताप्लेजुङकी अनिता पन्धाक द्वितीय र पाँचथरका योगेश तिम्सिना तृतीय भएका छन् ।

उनीहरुले क्रमश: १५ हजार, १० हजार र ५ हजार नगद पुरस्कार र प्रमाणपत्र हात पारेका छन् ।

‘विपदमा बाल अधिकारको सुनिश्चितता : हामी सबैको साझा प्रतिवद्धता’ भन्ने नाराका साथ मानव अधिकार मञ्च नेपाल इलामको आयोजनामा भर्चुअल माध्यमबाट भएको प्रतियोगितामा प्रदेश १ का १४ जिल्लाका १/१ जना गरि १४ जना सहभागी भएका थिए ।

यसअघि प्रत्येक जिल्लाबाट छनौट प्रतियोगिता संचालन गरि प्रथम स्थान हासिल हुनेले प्रदेशस्तरीय प्रतियोगिताका लागि सहभागी हुने अवसर पाएका थिए ।

प्रतियोगीहरुलाई विचार राख्न ५ मिनेट समय दिइएको छ ।  कार्यक्रमको उद्घाटन प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले गरेका थिए ।

प्रतियोगिताको सहआयोजकको रुपमा मञ्चको बाल संरक्षणका लागि ऐक्यबद्धता परियोजनका साझेदार संस्था, वातावरण संरक्षण तथा विकास सञ्च ताप्लेजुङ, मानव अधिकार चेतना र विकास केन्द्र पाँचथर, सामुदायिक विकास मञ्च धनकुटा, देउराली सोसाइटी तेह्रथुम, समाज स्पर्श समिति संखुवासभा, प्रदेश कोकन मोरङ, दुरदृष्टि विकास समाज केन्द्र सुनसुरी, मानव अधिकार सूचना र सुशासनका लागि सुशासन हिमायति उदयपुर, जनसेवा समाज नेपाल खोटाङ, एकीकृत श्रोत व्यवस्थापन समिति ओखलढुङ्गा र योङ स्टार क्लब सोलुखुम्बु रहेका छन् ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु