adv

असोज १ गतेदेखि आन्तरिक हवाई उडान संचालन गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले असोज १ गतेदेखि आन्तरिक हवाई उडानको गर्ने निर्णय गरेको छ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले आन्तरिक उडान  असोज १ गतेदेखि सञ्चालन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए।

उडान खुला गरिए पनि जहाजले स्वास्थ्य मापदण्ड पूरा गरेर ५० प्रतिशत मात्र यात्रु बोक्न पाउने छन्। हवाई भाडाको निर्णय गर्ने जिम्मा भने संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालयलाई दिइएको छ।

यात्रुले अनिवार्य मास्क लगाउनुपर्नेछ भने जहाजमा  स्यानिटाइजर अनिवार्य रुपमा राख्नुपर्नेछ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु