झापा,३१ भदौ । झापामा आज बुधबार थप २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चम्लागाईका अनुसार ७ महिला र १६ जना पुरुष गरि जम्मा २३ जनामा संक्रमण पुष्टि भएको हो ।
उनका अनुसार संक्रमितहरु बाह्रदशी गाउँपालिका ५ का वडा न :का २ महिला र ३ पुरुष रहेका छन् । उनीहरु स्थानीय बासिन्दा हुन् ।
यसै गरि दमक नगरपालिका वडा न : १,४,५,८,९,र १० क १ महिला र ७ जना पुरुषहरु रहेका छन् । उनीहरु पनि स्थानीय बासिन्दा हुन् ।
यस्तै भद्रपुर नगरपालिका वडा न : ६,७ र ८ का १ महिला र ३ जना पुरुषहरु रहेका छन् । उनीहरु ३ जना भारतबाट आएका हुन् भने जना सुरक्षाकर्मी मा संक्रमण देखिएको छ ।
गौरादह नगरपालिका वडा न: ५ का १ जना भारतबाट आएकी महिलामा संक्रमण पुष्टि भएको छ। त्यस्तै मेचीनगर नगरपालिका वडा न ५ का भारतबाट आएका १ जना पुरुषमा संक्रमण पुष्टि भएको हो।
त्यस्तै शिवसताक्षी नगरपालिका वडा न: ३,६ र ११ का २ जना महिला र २ जना पुरुषमा संक्रमण पुष्टि भएको छ। उनीहरु मध्ये १ जना भारतबाट आएका, २ जना स्वास्थ्यकर्मी तथा १ जना स्थानीयबासी रहेको चौंलागाईंले बताए।
यो संगै झापामा कोरोना संक्रमितको संख्या ७७० पुगेको छ ।

