adv

अभियान्ता महेन्द्र गिरीलाई समाजसेवा रत्न प्रदान

बिर्तामोड । नेपाल सरकारले झापाका सामाजिक अभियान्ता महेन्द्रकुमार गिरीलाई समाजसेवा रत्न प्रदान गरेको छ ।

संविधान दिवसको अवसरमा प्रत्येक वर्ष सामाजिक सेवामा लागेको व्यक्तिलाई समाज सेवा रत्न प्रदान गरिन्छ । गिरीसहित ११ जनालाई सो पदक प्रदान गर्ने सरकारले निर्णय गरेको छ ।

बिर्तामोडको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडका सचिव तथा कार्यकारी प्रमुख, समर्पण राष्ट्रिय अभियान तथा एकका लागि एक अभियानका संयोजक रहेका गिरी कुशल योजनाकार, सफल नेतृत्वकर्ता तथा झापाका अगुवा समाजसेवी हुन् ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु