झापा,३ असोज । झापामा आज शनिवार थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यलय झापाका फोकल पर्सन जीवन चम्लागाईका अनुसार तीन जना पुरूषमा संक्रमण पुष्टि भएको हो।
उनका अनुसार संक्रमितहरू विर्तामोड नगरपालिका वडा न: २,५ र ६ का ३ जना पुरूषहरू रहेका छन् । २ जना स्थानीय बासिन्दा हुन् भने एक जना भारतबाट आएका हुन् ।
योसंगै झापामा हालसम्म कोरोना संक्रमितको संख्या ७८७ पुगेको छ ।

