adv

नेपालमा रेल सञ्चालन हुन अझै दुई महिना लाग्ने

जनकपुरधाम, ५ असोज । नेपाल सरकारले भारतबाट खरिद गरेको दुईवटा रेल शुक्रबार जनकपुरधाम आए पनि सञ्चालन हुन अझै दुई महिना लाग्ने बताइएको छ ।

रेल सञ्चालनका लागि आवश्यक जनशक्ति नभएको र कोरोना महामारीका कारण भारतसँगको सीमा नाका सिल गरिएका कारण तत्काल रेल चलाउन नसकिने रेलवे कम्पनीका महाप्रबन्धक गुरु भट्टराईले बताउनुभयो । उहाँले रेल नेपाल आइसके पनि रेलको परीक्षणपछि यसको बरबुझारथ प्रक्रिया हुन कम्तीमा अरु एक महिना लाग्ने छ ।

उहाँले रेल सञ्चालनको सुरुमा प्राविधिक जनशक्ति भारतबाटै ल्याउने र अन्य कर्मचारी व्यवस्थापनका लागि करारमा कर्मचारी भर्ना गर्ने प्रक्रिया अगाडि बढिसकेको जानकारी दिनुभयो ।
रेल सञ्चालन गर्नुअघि भारतीय पक्षले तयार पारेको रेलको लिक हस्तान्तरण हुने र त्यसपछि रेल सञ्चालन हुने छ । ८४ करोड ६५ लाख रुपियाँमा जी टु जी प्रक्रियाबाट खरिद गरिएको दुईवटा रेल को २० प्रतिशत भुक्तानी भइसकेको रेल विभागका सिनियर डिभिजनल इन्जिनियर देवेन्द्र साहले बताउनुभयो ।

हाल जनकपुरधामको कुर्थादेखि भारतको सीमावर्ती शहर जयनगरसम्म सञ्चालन हुने सो रेल शुक्रबार दिउँसो २ बजे जनकपुरधाम आएको र परीक्षणपश्चात् शनिबार साँझ भारतको जयनगरमा रहेको नेपाल रेल्वे स्टेसनमा लगेर पार्किङ गरिएको छ ।

जनकपुरधाम आएको दुईवटा इन्जिनसहित १० वटा बोगीमा एक हजार तीन सय यात्रु यात्रा गर्न मिल्ने नेपाल रेल्वे जनकपुरधाम साइट कार्यालयका इन्जिनियर विनोद ओझाले जानकारी दिनुभयो । उहाँले रेल जनकपुरधाम आएपछि अब केही दिनमै रेल चल्ने पक्कापक्की भएको बताउनुभयो । यो समाचार आजको गोरखापत्र दैनिकमा प्रकाशित छ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु