adv

दमकमा श्रीमानको २५ लाख सम्पत्ति लिएर श्रीमती प्रेमीसंग फरार

दमक, ५ असोज । झापाको दमक–१ स्थित हवल्दार चौकका राजु न्यौपानेसँग विवाह गरेकी एक महिला बेपत्ता भएकी छिन् । श्रीमान न्याैपानेका अनुसार उनले घरबाट २५ लाख बराबरको सम्पत्ति लिएर प्रेमीसंग फरार भएकाे छ ।

गत असार १५ गते राजीखुसी विवाह गरेकी २४ वर्षीया तारा बाँस्तोला (न्यौपाने) ले २५ लाख बराबरको सम्पत्ति लिएर प्रेमीसंग फरार भएकी श्रीमान न्याैपानेकाे आराेप छ ।

राजुका अनुसार गत असोज ३ गते दिउँसो १ बजे घरदेखि दमक–६ मा रहेको पसल जाने भनेर निस्किएकी उनी लापत्ता भएकी हुन् ।

पसल आउँछु भनेर फोनमा कुरा गरेपनि श्रीमती बेलुकासम्म नआएपछि सम्पर्क गर्दा दमककै एउटा ब्युटी पार्लरमा कपाल स्टेट र कलर गर्दैछु भन्र म्यासेज गरेकी थिइन् । तर घर नफर्किएकी पछि खोजतलास गर्दा अन्तै केटासंग गएको खुल्न आएको पीडित न्यौपाने वताए ।

उनले १२ तोला सुन, १२ लाख रुपैया र अन्य सामान लिएर भागेकी आरोप छ । घरको सिरानी मुनी पत्र राखेर प्रेमीसँग भागेकी उल्लेख गरेकी श्रीमान न्यौपानेले बताएका छन् ।

चिठ्ठीमा लेखेकी थिइन् – ‘मैले आफ्नो सुर गरे । म पत्रकार प्रितम भट्टराईसँग गईसकेकी छु, ३ वर्षदेखि अफयेर चलिरहेको थियो । मेरो शरीरभित्र उसको रगत र उसको शरीरभित्र मेरो रगत छ, त्यसैले मलाई नखोज्नुहोला’ ।

 

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु