adv

पानिमा डुबेर छुट्टा छुटै स्थानमा २ जनाको मृत्यु

सांकेतिक तस्वीर

विराटनगर, ६ असोज ।छुट्टाछुट्टै स्थानमा २ जनाको डुबेर मृत्यु भएको छ । संखुवासभा चैनपुर ४ का ७६ बर्षीय बुद्वी बहादुर लिम्बुको खोलामा डुबेर मृत्यु भएको छ ।

हिजो साँझ साढे ५ बजे चैनपुर बतासेबाट घर तर्फ आउदै गर्दा झुत्रे खोला तर्ने क्रममा डुबेर लुम्बुको मृत्यु भएको भनि आफन्तले प्रहरी चौकी सिद्धपोखरीमा जानकारी गराएका थिए ।

घटनाको जानकारी पाउन साथ प्रहरी टोली खटि गई कानुनी कारबाही भईरहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।

यसै गरी मोरङ जहदा १ बस्ने १७ बर्षीया रबिना ऋषिदेवको पानीमा डुबेर मृत्यु भएको छ । आज बिहान ०७ बजे जहदा मुसहरी टोल स्थितमा रहेको पानी जमेको खाडलमा परी रबिनाको डुबेर मृत्यु भएको भनि आफन्तले ईलाका प्रहरी कार्यालय बुधनगरमा जानकारी गराएका थिए ।

घटनाको जानकारी पाउन साथ प्रहरी टोली खटि गई घटना सम्बन्धमा थप अनुसन्धान तथा कानुनी कारबाही भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु