adv

नेपालमा थप १ हजार ३५६ जनामा कोरोना संक्रमण पुष्टि (जिल्लागत विवरणसहित )

झापा,६ असोज । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ३ सय ५६ जना कोरोना संक्रमित थपिएका छन्। यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ६६ हजार ६३२ पुगेको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार उदयपुरका १, झापाका २०, तेह्रथुमका १, धनकुटाका १, भोजपुरका २, मोरङका ५७, संखुवासभाका ४, सुनसरीका ७७, धनुषाका ११, पर्साका ११, बाराका १५, रौतहटका ४, सप्तरीका ८, सर्लाहीका १, सिरहाका ३३, काठमाडौँका ५११, काभ्रेका ३०, चितवनका २२, दोलखाका ४, धादिङका ३, नुवाकोटका १, भक्तपुरका ६३, मकवानपुरका ८, रामेछापका ९ र ललितपुरका ७३ जनामा कोरोना पुष्टि भएको छ।

यस्तै सिन्धुपाल्चोकका २, सिन्धुलीका २, कास्कीका १५, गोरखाका २, तनहुँका २५, पर्वतका ३, लमजुङका ६, बागलुङका १६, स्याङ्जाका ४, अर्घाखाँचीका २, कपिलवस्तुका १९, गुल्मीका २, दाङका १९, नवलपरासीका ८, पाल्पाका ८, प्यूठानका ८, बर्दियाका २७, बाँकेका ५८, रुकुमपूर्वका २५, रुपन्देहीका ७४, रोल्पाका १५, दैलेखका १, सुर्खेतका ४४ र कञ्चनपुरका १ जनामा संक्रमण पुष्टि भएको हो।

मन्त्रालयका अनुसार मंगलबार ८२३ जना संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन्। हालसम्म डिस्चार्ज हुनेको संख्या ४८ हजार ६१ पुगेको छ।
यस्तै पछिल्लो २४ घण्टामा ११ हजार १५४ जनाको पीसीआर परीक्षण भएको छ। देशभर सक्रिय संक्रमितको संख्या १८ हजार १४२ रहेको छ। हाल ७ हजार १ सय ७१ जना क्वारेन्टिनमा छन्।

स्वास्थ्य मन्त्रालयका अनुसार देशभर २२३ जनाको आईसीयुमा र ३७ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु