adv

नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइराला कोरोनामुक्त

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइराला कोरोनामुक्त भएका छन्। पछिल्लो पटक गरिएको स्वाब परीक्षणमा महामन्त्री कोइरालाको रिपोर्ट नेगेटिभ आएको हो।

कोइरालालाई भदौ २३ गते कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो। संक्रमण पश्चात घरमै आइसोलेसनमा बसिरहेका कोइरालाको स्वास्थ्यमा थप जटिलता देखिएपछि भदौ ३० उनलाई ओम अस्पतालमा भर्ना गरिएको थियो।

कोइराला असोज ३ गते अस्पतालबाट डिस्चार्ज भएका थिए। डिस्चार्ज भएपछि घरमै आइसोलेसनमा बसिरहेका उनको पछिल्लो कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको छ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु