adv
adv

कुलमान घिसिङको समर्थन र सरकारको गलत कदमको विरोधमा नेविसंघको बिर्तामोडमा प्रदर्शन

बिर्तामोड, ८ असोज । नेपाल विद्यार्थी संघ ( नेविसंघ) झापाले बिर्तामोडमा बिरोध प्रदर्शन गरेको छ । बिर्तामोड नगर समितिले संयोजन गरेको बिरोध प्रदर्शनमा सरकारको गलत कदमको बिरोध गर्दै प्रदर्शन गरेको हो  ।

प्लेकार्ड र ब्यानरसहित भेला भएका विद्यार्थीले सरकारविरुद्ध चर्का नारा लगाएका थिए ।

नेविसंघले ‘पाठ्यक्रम विकास बोर्डलाई दिइएको निर्देशन फिर्ता गर , कुलमान घिसिङलाई पुनः नियक्ति, डा. गोबिन्द केसीको जीवन रक्षा, हुम्लाको लाप्चा क्षेत्रमा भएको चिनियाँ अतिक्रमण बन्द गर, चिनियाँ हस्तक्षेप बन्द गर’ जस्ता माग गरेको छ ।

विद्यार्थीले ओली सरकार गैरजिम्मेवार भएको टिप्पणी गरे । बिरोध प्रदर्शनपछिको संक्षिप्त कोणसभालाई नेविसंघका निवर्तमान केन्द्रीय सदस्य सन्तोष उप्रेती, नेविसंघ झापा प्रवक्ता सञ्जय निरौला लगायतले बोलेको नेविसंघ झापा सभापति राजेन्द्र उप्रेतीले बताए ।

बिरोध प्रदर्शनमा विद्यार्थी नेताहरू याम भुजेल,सञ्जय राई, योगेन थापा, रमेश शेर्पा, विशाल सिटौला, दिपेन धिमाल, बिकी चौधरीलगायतको सहभागिता थियो ।

adv

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु