
झापा,९ असोज । झापामा आज शुक्रबार थप १४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौंलागाईंका अनुसार१२ जना पुरुष र २ जना महिलामा सक्रमण पुष्टि भएको हो ।
संक्रमितहरु भद्रपुर नगरपालिकाका ९ जना पुरुष र १ जना महिला ,झापा गाउँपालिकाका २ जना पुरुष, बिर्तामोड नगरपालिकाका १ जना महिला र शिबसताक्षी नगरपालिकाका १ जना रहेका छन् ।
भद्रपुरका संक्रमितहरुमा २ जना प्रहरी र ८ जना कारागारका कैदीहरु रहेको चौंलागाईंले बताए । बाँकी सबै संक्रमितहरु स्थानीय बासी रहेका छन् ।
यो संगै झापा कुल कोरोना संक्रमितको संख्या ८३६ पुगेको छ । जसमा ७५७ जना निको भएका छन् । भने अब ७३ जना उपचारारत छन्।
झापामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६ पुगेको छ ।

