adv

सुनको भाउ आज फेरी घट्यो

झापा,११ असोज । सुनको मूल्य आइतबार सामान्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको मूल्य तोलामा ६ सय रुपैयाँले घटेर ९३ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ।

गएको शुक्रबार छापावाला सुनको मूल्य तोलाको ९३ हजार ९ सय रुपैयाँ थियो।

तेजाबी सुनको मूल्य तोलामा पनि ६ सय रुपैयाँले घटेर ९२ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ।

यस्तै चाँदीको मूल्य तोलामा ११ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु