adv

आईपीएलमा पन्जाब राजस्थान रोयल्ससंग ४ विकेटले पराजित

काठमाण्डाै । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा राजस्थान रोयल्सले कीर्तिमानी जित निकालेको छ ।

आइतबार राति यूएईको सारजहा मैदानमा भएको खेलमा राजस्थान रोयल्सले उत्कृष्ट खेल्दै लगातार दोस्रो जित निकालेको हो । उसले किङ्स इलाभेन पन्जाबलाई ४ विकेटले पराजित गर्यो । टस हारेर पहिले ब्याटिङ गरेको पन्जाबले दिएको २ सय २४ रनको फराकिलो लक्ष्य राजस्थानले १९ ओभर ३ बलमा ६ विकेट गुमाएर पूरा गर्यो ।

आईपीएलको इतिहासमा कुनै पनि टोलीले लक्ष्य पूरा गरेको यो सर्वाधिक योगफल हो । राजस्थानको जितमा सन्जु सामसन, कप्तान स्टिभ स्मिथ, राहुल टेवटियाले अर्धशतकीय पारी खेले । सामसनले ८५ रन, टेवटियाले ५३ रन र स्मिथले ५० रन जोडे । टेवटियाले ३१ बलमा ७ छक्का प्रहार गरे ।

उनले १८ औं ओभरमा पन्जाबका कोट्रेलको बलमा एकै ओभरमा ५ छक्का प्रहार गरेका थिए । यस्तै जोफ्रा आर्चर १३ रनमा अविजित रहे । पन्जाबका मोहमद शामीले ३ विकेट लिए । सेल्ड्रोन कोट्रेल, जेम्स निशम र मुरुगान आश्विनले १/१ विकेट लिए ।

पन्जाबले २० ओभरमा २ विकेट गुमाएर २ सय २३ रन बनाएको थियो । पन्जाबका मायांक अग्रवालले १ सय ६ रनको शतकीय पारी खेले । आईपीएलको यस सिजन शतक बनाउने दोस्रो खेलाडी बनेका मायांकले ५० बलमा १० चौका र ७ छक्का प्रहार गरे ।

मायांकले पहिलो विकेटका लागि कप्तान केएल राहुलसँग १ सय ८३ रनको साझेदारी गरे । राहुलले ६९ रनको अर्धशतकीय पारी खेले । ग्लेन म्याक्सवेल १३ तथा निकोलस पुरन २५ रनमा अविजित रहे । राजस्थानका अंकित राजपूत र टम करनले एक/एक विकेट लिए ।

जितसँगै राजस्थानले २ खेलमा ४ अंक जोडेको छ । राजस्थान तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । दिल्लीको पनि समान अंक छ तर रन रेटका आधारमा शीर्ष स्थानमा छ । पहिलो खेलमा राजस्थानले चेन्नई सुपर किङ्सलाई १६ रनले हराएको थियो । पन्जाबको यो दोस्रो हार हो ।

पन्जाबले पहिलो खेलमा रोयल च्यालेन्जर्स बैंगलोरलाई ९७ रनले हराएको थियो । तर, पन्जाब दोस्रो खेलमा दिल्ली क्यापिटल्ससँग सुपर ओभरमा पराजित भएको थियो । तेस्रो स्थानको पन्जाबले २ खेलमा २ अंक जोडेको छ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु