adv

प्याज प्रतिकेजी ३५ रुपैयाँमा खरिद गरी सय रूपैंया भन्दा बढीमा विक्री

विराटनगर । बजारमा सय रुपैयाँभन्दा बढीमा बिक्री भइरहेको सुकेको प्याज व्यापारीहरूले भारतबाट प्रतिकेजी ३५ रुपैयाँमा खरिद गरेर ल्याएकाे पाइएको छ ।

विराटनगर भन्सारमा बुझाएको बिलबिजकअनुसार  पछिल्लो समय भदौ र असोज महिनामा आयात गरेको प्याज व्यापारीहरूले भारतमा  प्रतिकेजी २२ रुपैयाँ भारु अर्थात् नेपाली ३५ रुपैयाँ मूल्यमा खरिद गरेको पाइएको हो ।

विराटनगर भन्सार कार्यालयका अनुसार भदौ महिनामा  विराटनगर नाकाबाट  प्रतिकेजी ३५ रुपैयाँ खरिद मूल्यमा १३ लाख १० हजार रुपैयाँ बढीको ३१ मेट्रिक टन सुकेको प्याज आयात भएको छ ।

जुन प्याज नेपालको तराईका बजारमा एक सय रुपैयाँभन्दा बढीमा  व्यापारीहरूले अभाव देखाउँदै बिक्री गरिरहेका छन्।

विराटनगर भन्सारबाट आयात भएको आलु प्रतिकेजी भारु १५ अर्थात् नेरु ३२ रुपैयाँमा खरिद भएको पाइएको छ । आलु हाल नेपाली बजारमा प्रतिकेजी ६० देखि ७० रुपैयाँ प्रतिकेजी बिक्री भइरहेको छ ।

लकडाउन सुरु भएदेखि भदौ मसान्तसम्ममा विराटनगर भन्सारबाट ५२ करोड ३५ लाख ७४ हजार रुपैयाँबराबरको  तरकारी आयात भएको छ ।

भन्सार कार्यलयको तथ्यांकअनुसार ११ चैत ०७६ देखि असार मसान्तसम्मम ३२ करोड ५३ लाख एक हजार नाै सय ७६ रुपैयाँको तरकारी आयात भएको छ ।

चालू वर्ष ०७७/७८ को साउन र भदौ महिनामा  १९ करोड ८२ लाख ७२ हजार  रुपैयाँबराबरको चार हजार ६ सय २२ मेट्रिक टन तरकारी आयात भएको छ । जसमध्ये साउनमा नाै करोड ९५ लाख ५९ हजार  र भदौमा नाै करोड ८७ लाख १२ हजार मूल्य बराबरको दुई हजार ९३ मेट्रिक टन हरियो तथा सुकेको तरकारी आयात भएको छ ।

विराटनगर भन्सारबाट मुख्य आलु, प्याज, लसुन र  हरियो तरकारी नेपालतर्फ आयात हुने गरेको छ । भन्सार कार्यालयका अनुसार प्रायः सबैखाले हरियो तरकारी प्रतिकेजी भारु २० अर्थात् नेरु ३२ रुपैयाँमा खरिद भएको पाइएको छ ।

भारतबाट आयात भएका कुनै पनि हरिया तरकारी बजारमा  ७० रुपैयाँभन्दा कममा बिक्री भएका छैनन् । आजको नयाँ पत्रिकामा समाचार छ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु