adv

विश्वभर कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या १० लाख नाघ्यो

झापा । विश्वभर कोरोनाको संक्रमणका कारण मृत्यु हुनेको संख्या १० लाख नाघेको छ। जोन्स हप्किन्स विश्वविद्यालयलको कोरोना भाइरस स्रोत केन्द्रका अनुसार विश्वमा कोभिड–१९ का कारण १० लाख ५५५ जनाको ज्यान गएको पुष्टि भएको छ ।

गएको वर्षको अन्त्यतिर चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको महामारीका कारण झण्डै १० महिनाको अवधिमा १० लाख मानिसले ज्यान गुमाएका हुन् ।

विश्वमा कुल संक्रमितको संख्या तीन करोड ३२ लाख ७३ हजार भन्दा बढी पुगेको छ।

सबैभन्दा बढी प्रभावित भएको देश अमेरिकामा ७१ लाख ४७ हजार भन्दा बढी संक्रमित भएकोमा दुई लाख पाँच हजार मानिसको ज्यान गएको छ ।

भारतमा ६० लाख ७४ हजार मानिस संक्रमित हुँदा ९५ हजार पाँच सयको ज्यान गएको छ । यस्तै ब्राजिलमा संक्रमितको संख्या ४७ लाख ४५ हजार तथा मृत्यु हुनेको संख्या एक लाख ४२ हजार रहेको छ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु