adv

सुनको भाउ तोलामा ५०० रुपैंयाले बढ्यो

झापा,१४ असोज । नेपाली बजारमा बुधबार सुनको  मूल्य सामान्य वृद्धि भएको छ।

मङ्गलबार प्रतितोला रु ९०० ले वृद्धि भएको सुनको मूल्यमा बुधबार प्रतितोला रु ५०० ले वृद्धि भएको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबारका लागि छापावाला सुनको मूल्य प्रतितोला रु ९४ हजार ७०० र तेजाबी सुनको मूल्य प्रतितोला रु ९४ हजार २०० तोकेको छ।

मङ्गलबार छापावाला सुनको मूल्य प्रतितोला रु ९४ हजार २०० र तेजाबी सुनको मूल्य प्रतितोला रु ९३ हजार ७०० थियो।

यस्तै चाँदीको मूल्यमा पनि प्रतितोला रु १५ ले वृद्धि भइ एक हजार १९० पुगेको छ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु