adv

विर्तामोडका चिकित्सकसहित झापामा १० जनामा कोरोना संक्रमण पुष्टि

झापा,१५ असोज । झापामा स्वास्थ्यकर्मीसहित थप दश जना स्थानीयलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। जसमा पाँच जना महिला र पाँच जना पुरुष रहेका छन्।

बिहीबार थपिएका संक्रमितहरु अर्जुनधाराका दुई पुरुष, बिर्तामोडका दुई महिला दुई पुरुष, गौरादहका एक महिला र कन्काईका दुई महिला र एक पुरुष रहेको स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौंलागाईले बताए ।

बिर्तामोडमा संक्रमण पुष्टि भएका एक जना इटहरी ठेगाना भएका सुरक्षाकर्मी रहेको, अर्जुनधारमा संक्रमण पुष्टि भएका एक जनाको स्वाब कोशी अस्पतालबाट र गौरादहमा संक्रमण पुष्टि भएका एक जनाको स्वाब नोबेल मेडिकल कलेजबाट संकलन गरिएको चौंलागाईले जानकारी दिए ।

विर्तामोडमा संक्रमण पुष्टि भएकाहरूमा संजीवनी अस्पतालका एक जना चिकित्सक र इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायव निरीक्षक रहेका विर्तामोड नगरपालिकाले जनाएको छ।

झापामा कुल संक्रमितको संख्या ८८० पुगेको छ भने भने डिचार्ज हुनेको संख्या ७८९ पुगेको छ। हाल झापामा सक्रिय संक्रमितको संख्या ८३ छ भने कोरोनाबाट हाल सम्म झापामा ८ जनाको मृत्यु भइसकेको छ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु