झापा,१५ असोज । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ९ सय ११ जना कोरोना संक्रमित थपिएका छन्। यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७९ हजार ७ सय २८ पुगेको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार उदयपुरका ३, ओखलढुंगाका ३, खोटाङका २, झापाका ४, ताप्लेजुङका १, भोजपुरका १, मोरङका १०५, सुनसरीका ६६, धनुषाका १९, पर्साका २८, बाराका १४, महोत्तरीका १६, रौतहटका ४, सप्तरीका १६, सर्लाहीका ५, सिरहाका ३९, काठमाडौँका ८१७, काभ्रे १७, चितवनका ८६, दोलखाका ३, धादिङका १७, नुवाकोटका १०, भक्तपुका ५८, मकवानपुरका १७, रामेछापका ६, ललितपुरका ६८ र सिन्धुपाल्चोकका ३ जनामा कोरोना पुष्टि भएको छ।
यस्तै सिन्धुलीका ४, कास्कीका २८, गोरखाका ५, तनहुँका ८, नवलपरासीपूर्वका १४, पर्वतका २, लमजुङका २, बाग्लुङका १४, स्याङ्जाका १, कपिलवस्तुका ३, गुल्मीका ३, दाङका ९, नवलपरासीका १०, पाल्पाका ३, बर्दियाका ४, बाँकेका ३०, रुकुमपूर्वका ५, रुपन्देहीका ९१, कालिकोटका ७, जुम्लाका ३७, दैलेखका २, मुगुका २, रुकुम पश्चिमका ३, सल्यानका ३, अछामका १, कञ्चनपुरका २४, कैलालीका १६१, डडेल्धुराका १, बझाङका २ र बैतडीका ४ जनामा संक्रमण पुष्टि भएको हो।
स्वास्थ्य मन्त्रालयका अनुसार बिहीबार ९ सय ६१ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। हालसम्म डिस्चार्ज हुनेको संख्या ५७ हजार ३ सय ८९ पुगेको छ।
नेपालमा कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या पाँच सय नाघेको छ। स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ५ सय ९ पुगेको छ।
पछिल्लो २४ घण्टामा मात्रै कोरोनाबाट थप ११ जनाको कोरोनाबाट मृत्यु भएको छ। मृत्यु हुनेमा एक महिला र १० पुरुष छन्।
पछिल्लो २४ घण्टामा सुनसरीका ५६, ५० र २७ वर्षीय पुरुष, काठमाडौँका ७८ र ६८ वर्षीय पुरुष, भक्तपुरका ६८ वर्षीय पुरुष, ललितपुरका ४८ वर्षीय पुरुष, बाँकेकी ३४ वर्षीया महिला, रुपन्देहीका ८०, ५५ र ४२ वर्षीय पुरुषको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
पछिल्लो २४ घण्टामा १२ हजार ४ सय ४४ जनाको पीसीआर परीक्षण गरिएको स्वास्थ्य मन्त्रालय जनाएको छ। सक्रिय संक्रमितको संख्या २१ हजार ८ सय ३० रहेको छ भने ५ हजार ७७ जना क्वारेन्टिनमा छन्।
हाल आईसीयुमा २२० जना र भेन्टिलेटरमा २५ जना कोरोना संक्रमितक उपचार भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

