adv

झापामा चारआली ब्यारेकका ६ जना सुरक्षाकर्मी सहित ९ जनामा कोरोना पुष्टि

झापा,७ असोज ।  झापामा आज शनिबार ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौंलागाईका अनुसार आज संक्रमितहरु ३ महिला र ६ जना पुरुष हरु रहेका छन् ।

संक्रमित हुनेहरुमा चारआली ब्यारेकका ६ जना सुरक्षाकर्मीहरु र दमक नगरपालिका वडा न १० र ६ का २ जना महिला रहेका छन् ।

यस्तै गौरादह नगरपालिका वडा न  का १ जना महिला मा पनि संक्रमण पुष्टि भएको छ । यो संगै झापामा कुल संक्रमितको संख्या ९११ पुगेको छ ।

आज संक्रमण पुष्टि भएका दमकका ६८ बर्षीय बृद्दाको मृत्यु भएको छ । यो संगै झापामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ पुगेको छ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु