
झापा । चर्चित सुमधुर स्वरकी धनी गायिका रजिना रिमाल र उनका व्यवसायी श्रीमान विनोद श्रेष्ठलाई कोरोना संक्रमण भएको छ ।
आईतबार मध्य रातमा आफू र श्रीमान विनोदको कोरोना रिपोर्ट पोजेटिभ आएको आफ्नो अधिकारिक फेसबुक पेजमार्फत जानकारी दिदै उनले पछिल्लो एक हप्ता देखि आफूहरुसँग सम्पर्कमा आएका सवै व्यक्तित्वलाई सुरक्षित रहन र आसोलेशनमा बस्न आग्रह गरेकी छिन् ।

एक छोराकी आमा समेत बनिसकेकी रजिनाको बर्ष दिनको सानो छोरालाई भने हाल सम्म कुनै लक्षण नदेखिएको रजिनाले जानकारी दिएकी छिन् । बाबुलाई माईतीमा छाडेका थियौँ अब उसको पनि भोलि बिहान चेक गछौँ । मध्यरातमा प्रतिक्रिया दिदै रजिनाले भनेकी छिन् ।
रजिनाका अनुसार शनिबार ज्वरो उच्च थियो तर आईतबार भने ज्वरो घटेर रुखा खोकी र खानाको स्वाद चाँहि हराएको अवस्था छ ।

