adv

विर्तामोडका एक जना बृद्धको कोरोनाबाट मृत्यु

झापा । झापाको विर्तामोड नगरपालिका ५ का एक जना कोरोना भाइरस संक्रमित बृद्धको मृत्यु भएको छ।

नोबेल अस्पताल विराटनगरमा ती बृद्धको आइतबार मृत्यु भएको विर्तामोड नगरपालिका कार्यालयले जनाएको छ।

नोबेल अस्पताल विराटनगरमा उपचार गराइरहेका उनको कोरोना परीक्षणका लागि दुई दिन अघि स्वाब संकलन गरिएको थियो।

रिपोर्ट आउन अघि नै उनको मृत्यु भएको हो। विर्तामोडस्थित घरमा शव ल्याइसकेपछि कोरोना पोजिटिभ रिपोर्ट आएको हो।

ती बृद्धसंग सम्पर्कमी रहेका सबैलाई क्वारेन्टिनमा राखिएको छ।

योसंगै झापामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १० पुगेको छ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु