झापा । झापामा आज थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यलय झापाका फोकल पर्सन् जीवन चौंलागाइका अनुसार १ जना महिला र ३ जना पुरूष ा संक्रमण पुष्टि भएको हो।
संक्रमित हुनेहरूमा विर्तामोड नगरपालिका वडा न ५ का १ पुरूष,दमक नगरपालिका वडा न ५ र १ का १ जना महिला र १ जना पुरूष र गौरादह नगरपालिका वडा न ६ का १ जना पुरूष रहेका छन् ।
गौरादहको संक्रमितको हाल विपी कोइराला क्यान्सर अस्पताल भरतपुमा उपचार भइरहेको छ ।
योसंगै झापामा कुल संक्रमितको संख्या ९३५ पुगेको छ । ८३२ जना कोरोनामुक्त भएका छन् भने ९३ जना उपचारारत छन् ।
यसैगरी आज नै विर्तामोडका संक्रमितको मृत्यु भएको छ । योसंगै झापामा कुल मृतक संख्या १० पुगेको छ ।

