
झापा । हास्य कलाकार हरिवंश आचार्यले आफू र श्रीमती रमिलालाई कोरोना भाइरससंक्रमण भएको खुलाएका छन् ।
सामान्य लक्षण देखा परेपछि पीसीआर परीक्षणका लागि हिजो स्वाब संकलन गराएको कलाकार आचार्यले अफिसियल पेज हरिवंश आचार्यमार्फत जानकारी दिँदै आज रिपोर्ट पोजेटिभ आएको उल्लेख गरेका छन् ।
दुवै जनाको स्वास्थ्य अवस्था सामान्य रहेको उल्लेख गर्दै उनले सम्पर्कमा आएको व्यक्तिलाई होम आइशोलेसनमा बस्न आग्रह गरेका छन् । उनले भनेका छन्, ‘निर्धारित समयसम्म होम आइशोलेसनमा बसेर स्वास्थ्य परीक्षण गराउनु होला ।’
उनले अगाडि भनेका छन्, ‘तपाईंहरुको शुभेच्छा, माया, सद्भाव र आर्शीवादले छिट्टै कोरोनालाई जित्नेछौँ ।’ कोरोनाको संक्रमण व्यापक फैलिएको हुँदा सबैले स्वास्थ्यका मापदण्ड अनिवार्यरुपमा अपनाउन उनले आग्रहसमेत गरेका छन् ।

