adv

आईपीएल: मुम्बईद्वारा राजस्थान रोयल्स ५७ रनले पराजित

काठमाडौं । इण्डियन प्रिमियर लिग क्रिकेटमा मुम्बई इण्डियन्स शीर्ष स्थानमा पुगेको छ ।

यूएईमा चलिरहेको आईपीएल क्रिकेटमा राजस्थान रोयल्सलाई ५७ रनले पराजित गर्दै मुम्बई शीर्ष स्थानमा पुगेको हो । शेख जायद क्रिकेट स्टेडियममा मुम्बईले दिएको १ सय ९४ रनको लक्ष्य पछ्याएको राजस्थान १८ ओभर १ बलमा अलआउट हुँदै १ सय ३६ रनमा समेटियो ।

टस जितेर पहिले ब्याटिङ गरेको मुम्बईले २० ओभरमा ४ विकेट गुमाएर १ सय ९३ रन बनाएपछि राजस्थानले १ सय ९४ रनको लक्ष पाएको थियो । जितका लागि मुम्बईका सूर्यकुमार यादवले अविजित रहँदै ७९ रनको अर्धशतकीय इनिङ्स खेले भने कप्तान रोहित शर्माले ३५ तथा क्विन्टन डी ककले २३ रन जोडे ।

हार्दिक पाण्डेले अविजित ३० रन जोड्दा कुर्नाल पाण्डयले १२ रन बनाए । जितसँगै मुम्बईले ५ खेलमा ८ अंक जोडेको छ । मुम्बईको यो चौंथो जित हो । राजस्थानले ५ खेलमा ४ अंक जोडेको छ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु