माङसेबुङ, २१ असेाज । इलामकाे माङसेबुङ गाउँपालिका वडा नं. ५ का एक पुरूषमा काेराेना संक्रमण पुष्टि भएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज बुधबार इलाम जिल्लामा एक जनामा काेराेना संक्रमण पुष्टि भएकाे हाे ।
संक्रमितकाे पारिवारीक स्राेतका अनुसार संक्रमितलाई हाल झापाकाे भद्रपुरमा अवस्थित आइसाेलेसनमा राखिएकाे र संक्रमितमा कुनै पनि लक्षण देखिएकाे छैन । संक्रमितकाे अवस्था भने सामान्य रहेकाे छ । विस्कृत विवरण आउन बाँकि रहेकाे छ ।

