adv

झापामा थप ११ जनामा कोरोना पुष्टि,संक्रमित संख्या १ हजार १२१ पुग्यो

झापा । पछिल्लो २४ घण्टामा झापामा थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमा ५ महिला र ६ पुरुष रहेका छन् ।

स्वास्थ्य कार्यालय झापाका अनुसार भद्रपुरमा ४ जना , अर्जुनधारामा २ जना र दमकमा ५ जनामा संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य कार्यालयका अनुसार भद्रपुरका १ महिला र ३ पुरुषमा संक्रमण भएको छ । उनीहरु वडा नम्बर ४, ८ र १० का हुन् । संक्रमितमध्ये एक जना बैंकका कर्मचारी छन् भने २ जना स्वास्थ्यकर्मी रहेको जनाइएको छ । एक जना स्थानीय रहेका छन् ।

अर्जुनधारा नगरपालिकामा एक महिला र एक पुरुष छन् । उनीहरु वडा नम्बर १ र ३ का हुन् । ४८ वर्षीया र ५५ वर्षीय उनीहरु स्थानीय हुन् ।

त्यस्तै, दमकमा ३ महिला र २ पुरुषमा पनि संक्रमण पुष्टि भएको छ । वडा नम्बर ५ र ८ का उनीहरु सबै स्थानीय रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

योसंगै झापामा हालसम्म संक्रमितको संख्या ११२१ पुगेको छ । जसमा ८८९ जना उपचारपछि निको भएर घर फर्किसकेका छन् । २२० जना सक्रिय संक्रमित हुँदा १२ जनाको निधन भइसकेको छ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु