adv

विर्तामोडका ३० जनासहित झापामा ५४ जनामा कोरोना पुष्टि

झापा,२९ असोज । झापामा बिहिबार थप ५४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य कार्यालय झापाका अनुसार बिर्तामोडका २३ पुरुष र ७ महिला, दमकका २ पुरुष र १ महिला, भद्रपुरका ३ पुरुष र ४ महिला, कमलका १ पुरुष, कनकाईका १ पुरुष, अर्जुनधाराका ४ पुरुष र ६ महिला, बुद्धशान्तिका १ महिला, गौरादहका १ पुरुष रहेका छन् ।

आज संक्रमितहरू अर्जुधारा र कन्काईका स्वास्थ्यकर्मीहरू रहेको छन् ।

झापामा कुल संक्रमितको संख्या १२२१ पुग्दा ९१२ जना संक्रमण मुक्त भएर घर फर्किएका छन् भने सक्रिय संक्रमितको संख्या २९७ रहेकोे छ ।

झापामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १२ पुगेको छ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु