adv
adv

राष्ट्रिय बहुमुखी सहकारी संस्थाको साधारणसभा शुरु

दमक,२९ असोज । झापाकाे दमकमा अवस्थित राष्ट्रिय बहुमुखी सहकारी संस्था लिमिटेडको वार्षिक प्रतिवेदन सार्वजनिक भएकाे छ । प्रतिवेदन सार्वजनिकसँगै सहकारीकाे २१ औं बार्षिक साधारणसभा आज विहिबारदेखि शुरु भएको हाे।

काेराेना भाइरस (काेभिड १९) का कारण स्वास्थ्य सुरक्षा मापदण्ड अपनाउदै संस्थाले आउदो कार्तिक ४ गते समापन हुने गरि साधारणसभा शुरु गरेको हो ।

यसबर्ष कोरोना महामारीका कारण साधारण सभा अन्तर्गत सदस्यहरुलाई प्रतिवेदन वितरण र राय सुझावहरु यहि कर्तिक १ गतेसम्म बुझाई सक्ने गरि साधारणसभा शुरु गरिएको सचिव लछुदास राईले वताएका छन् ।

संस्थाको आफनै सभाकक्षमा औपचारिक रुपमा एक कार्यक्रम गरि साधारणसभाको उद्घाटन संस्थाका अध्यक्ष जितमान राईले गरेका थिए । त्यस्तै उनले सञ्चालक समितिले साधारणसभाका लागि प्रस्तुत गरिने बार्षिक प्रतिवेदन पुस्तिका समेत सार्वजनिक गर्नुका साथै केक समेत काटेका थिए ।

साधारणसभाको उद्घाटनका क्रममा अध्यक्ष राईले सहकारीले आफना शेयर सदस्यहरुलाई अझ बढी सेवा,सुविधा पुरयाँउन प्रयत्नशील भएको जोड दिए ।

सभामा सहकारीका उपाध्यक्ष धनराज राई,कोषाध्यक्ष चन्द्रमाया लिम्बु,सदस्यहरु दिपेनवाला राई,फूलसरी राना,पदमबहादुर तामाङ,टंक दुलाल,राजेन्द्र लिम्बुसहित ऋण उपसमितिका संयोजक पारषमणि राई, व्यवस्थापक कृष्ण गोलेलगायतका सञ्चालक,विभिन्न उपसमिति ,कर्मचारी तथा शेयर सदस्यहरुको उपस्थिति रहेको थियो ।

संस्थामा गएको वर्षसम्म २६ संस्थागत,३९६ महिला र ५२१ पुरुष गरि कुल ९४३ जना शेयर सदस्य रहेको छ भने शेयर पूंजी ५ करोड ७ लाख २४ हजार ५५ रुपैया पुगेको छ । त्यस्तै कर्जा लगानी २३ करोड ३४ लाख ४४ हजार १ सय ९८ र ५९ लाख ६ हजार ४२२ रुपैया मुनाफा गरिएको प्रतिवेदनमा उल्लेख छ ।

यसैवीच, सहकारीले आफनो बार्षिक साधारण सभा तथा स्थापना दिवसको अवसर पारेर बुधबार आयोजना गरिएको रक्तदानमा ५२ पिन्ट रगत संकलन भएको थियो । रक्तदानमा १४ महिलासहित ५२ जनाले रगतदान गर्नुका साथै रेडक्रस दमक उपशाखा दमक र रेडक्रस लखनपुर उपशाखाद्वारा सञ्चालित एम्बुलेन्सका चालकलाई १ र १ सेट पिपिई समेत हस्तान्तरण गरिएको थियो ।

Advertise Expired !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु