adv

‘रेष्ट्रो एण्ड बार एशोसिएशन झापा’ संस्था गठन

झापा, २९ असाेज । रेष्टुरेण्ट, बार, क्याफे, पार्टी प्यालेस लगायत व्यवसायीहरूकाे साँझा संस्थाकाे रूपमा “रेष्ट्रो एण्ड बार एशोसिएशन झापा” नामक संस्था गठन गरिएको छ । रेष्ट्रो एण्ड बार एशोसिएशनका समितिले बिहिबार पत्रकार भेटघाट कार्यक्रमकाे आयाेजना गरि साे कुराकाे जानकारी गराएकाे हाे ।

झापा जिल्ला भित्र रहेका रेष्टुरेण्ट, बार, क्याफे, पार्टी प्यालेस व्यवसायकाे विकास र विस्तार गर्ने उदेश्यका साथ संस्था गठन गरिएकाे जनाएकाे छ । तत्कालका लागि दमक क्षेत्रका व्यवसायीहरू समेटिएकाे भए पनि झापाका सबै क्षेत्रका व्यवसायीहरू समेट्ने गरि समन्वय भइरहेकाे संस्थाका अध्यक्ष उत्सव भट्टराईले बताए ।

वर्तमान अवस्थामा धेरै युवाहरू स्वदेशमा नै फर्केर आफुले विदेशमा जानेकाे सिपलाई व्यवसायीक बनाउन लागि परिरहेकाे छ । जसमा रेष्टुरेण्ट, बार, क्याफे क्षेत्रमा धेरै युवाहरूले लगानि गरिरहेकाे र त्यसलाई व्यवसायीक हितका लागि आपसी समन्वय र सहकार्यका लागि संस्थाकाे महत्वपूर्ण भुमिका रहने संस्थाका सहसचिव सुनिल राईले बताए ।

विभिन्न संस्थाहरूमा बढ्दाे राजनीतिकरणले गर्दा व्यवसायीहरू मारमा पर्दै आएकाेले यस संस्थालाई पूर्ण रूपमा व्यवसायीहरू हक हितका लागि संगठित संस्थाकाे रूपमा एशाेसिएशन गठन भएकाे जनाएकाे छ ।

एशाेसिएशन द्वारा जारी विज्ञप्ती जस्ताकाे तस्तै ः

मिति: २०७७/०६/२९ गते बिहिबार

आदरणिय पत्रकार मित्रहरु,
विश्वनै यतिबेला कोरोना भाइरस (कोभिड १९) को चपेटामा गुज्रिरहेको अवस्थामा व्यवसयीहरु थप संकटमा परेको छ । सामान्य अवस्था भन्दा फरक अवस्था सृजना भएको यस समयमा ग्राहकहरुको स्वास्थ्यलाई ध्यान दिदै विभिन्न सुरक्षा माध्यमहरु अपनाएर यति बेला व्यवसाय सञ्चालन गरिरहेको अवस्था छ । त्यसकुराबाट झापाका व्यवसायीहरु पनि अछुतो भने रहन सकेन ।

झापामा पनि यति बेला रेष्टुरेण्ट, बार, क्याफे, पार्टी प्यालेसको संख्या दिनानुदिन बढिरहेको पाउन सकिन्छ । तर व्यवसायीहरुको बीचको समन्वय सहकार्यको कमिका कारण जति व्यवसाय विकास हुनु पर्ने त्यति हुन सकिरहेको छैन । वर्तमान समयमा अस्वस्थ्य प्रतिस्पर्धालाई अन्त्य गर्दै “संगठन नै बल हो” भन्ने कुरालाई आत्मासाथ गर्दै “रेष्ट्रो एण्ड बार एशोसिएशन झापा” गठन गरिएको छ । संस्था गठन पश्चात अब संस्थाले व्यवसायीहरुको हकहितका लागि विभिन्न संघसंस्था/स्थानीय तहहरुसँगको समन्वय सहकार्य गरि व्यवसायी, श्रमिकहरुको क्षमता वृद्धि गर्न कार्यक्रमहरु सञ्चालन गरिने छ । होटल पर्यटन व्यवसायलाई प्रवर्धन गर्नका लागि विभन्न कार्यक्रमहरु समेत सञ्चालन गरिनेछ ।

त्यसै सन्दर्भमा झापा जिल्ला भित्रका रेष्टुरेण्ट, बार, क्याफे पार्टी प्यालेस सम्बधी व्यवसायको विकास र विस्तार गर्न, पर्यटन प्रवर्धन र सामाजिक उत्तरदायित्व बहन गर्दै समुदायको गुणस्तरीय जीवन प्राप्तीमा सहयोग गर्ने उदेश्यले पेसागत हकहित साथै अधिकारका लागि संगठित हुदै सामाजिक क्षेत्रमा समेत कार्य गर्न संस्थागत ढंङ्गबाट सरोकारवाला निकायसँग सहयोग र समन्वय गर्दै स्वच्छ मर्यादीत व्यवसाय संचालन गर्ने उदेश्यले रेष्ट्रो एण्ड बार एशोसिएशन झापा नामक यस संस्था गठन गरिएको छ । झापा जिल्ला भित्रका रेष्टुरेण्ट, बार, क्याफे पार्टी प्यालेस सम्बधी व्यवसायको विकास गर्नका लागि प्रतिबद्ध रहेको र यस संस्थासँग सबै व्यवसायीहरुलाई आबद्ध हुन पनि यसै प्रेस विज्ञप्ती मार्फत जानकारी गराउँन चाहान्छौ ।

उत्सव भट्टराई
अध्यक्ष

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु