adv
adv

बुद्धशान्ति गाउँपालिका अध्यक्ष रमेशकुमार भुजेललाई कोरोना संक्रमण पुष्टि

झापा ।बुद्धशान्ति गाउँपालिका अध्यक्ष रमेशकुमार भुजेललाई कोरोना संक्रमण पुष्टि भएको छ ।

छातीमा समस्या आएपछि विराटनगरको नोवेल अस्पतालमा उपचाररत् अध्यक्ष भुजेललाई कोरोना पोजेटिभ देखिएको बुद्धशान्ति गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत इन्द्रप्रसाद चापागाईले बताएका छन् ।

अध्यक्ष भुजेललाई ¥यामडिसिवर इन्जेक्सन प्रयोग गरिएको र उनको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ । अध्यक्ष भुजेलसँग सम्पर्कमा आएका र बुद्धशान्तिमा पिसिआर जाँच गरेर रिपोर्टको पर्खाइमा रहेका सबैलाई सुरक्षित तबरले होम क्वारेन्टाइनमा बस्न गाउँपालिकाले अनुरोध गरेको छ ।

यसैबिच गाउँपालिका अध्यक्ष भुजेलले सबैलाई स्वास्थ्य मापदण्ड पूरा गरी कोरोना भाइरससँग बँच्न अनुरोध गरेका छन् ।

Advertise Expired !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु