adv

झापामा थप ३५ जनामा कोरोना संक्रमण पुष्टि

झापा ।झापामा पछिल्लो २४ घण्टामा थप ३५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जसमा सबैभन्दा बढी कनकाई नगरपालिकाका २० जना रहेका छन् ।

स्वास्थ्य कार्यालय झापाका अनुसार कनकाईका संक्रमितहरु ५ जना महिला र १५ जना पुरुष छन् । उनीहरु १ देखि १० नम्बर वडाका स्थानीय बासिन्दा हुन् ।

यस्तै, भद्रपुर नगरपालिकाका १० जनामा संक्रमण पुष्टि भएको छ । पुष्टि भएकाहरु ४ महिला र ६ पुरुष छन् । भद्रपुर ५, ८, ९ र १० नम्बर वडाका उनीहरु सबै स्थानीय हुन् ।

यसैगरी, दमक नगरपालिका ५ नम्बर वडाका २ जना पुरुषमा पनि संक्रमण पुष्टि भएको छ । बिर्तामोड ५ का एक पुरुष, कमल ६ की एक महिला र मेचीनगर १० का एक पुरुषमा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु