adv

नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष सापकोटालाई कोरोना संक्रमण पुष्टि

झापा । नेपाल पत्रकार महासंघ झापा शाखाका अध्यक्ष तारामणि सापकोटालाई कोरोना संक्रमण पुष्टि भएको छ ।

मेची प्रादेशिक अस्पतालको मातहतमा रहेको कनकाई प्रयोगशाला कोटीहोममा विहीबार पीसीआरका लागि स्वाव दिएका सापकोटाको रिपोर्ट आज पोजेटिभ आएको हो ।

केही दिनयता ज्वरो आउने, जिउ दुख्ने, टाउको दुख्ने लगायतका लक्षण देखिएपछि सापकोटाले पीसीआर परीक्षणका लागि स्वाब दिएको बताइएको छ ।

भद्रपुरस्थित आफ्नै घरमा होम आइसोलेसनमा रहेका सापकोटाको अवस्था सामान्य रहेको छ ।

हालसम्म प्रदेश नं.–१ मा ७० जना पत्रकारमा कोरोना संक्रमण पुष्टि भएको नेपाल पत्रकार महासंघ प्रदेश नं.–१ का अध्यक्ष विक्रम लुर्इँटेलले जनाएका छन् ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु