adv

मेचीनगरबाट १ लाख मुल्य बराबरको पटका बरामद

झापा, १५ कात्तिक । झापाको मेचीनगर नगरपालिका-१५ हल्दिबारी स्थित एरियाबाट एक लाख मुल्य बराबरको अतिसबाजी(पटका) बरामद गरिएको छ ।

सोही एरिया स्थितमा पटकाहरु लुकाई छिपाई राखिएको छ भन्ने विशेष सुराकका आधारमा जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले हिजो साँझ साढे ७ बजे एक लाख मुल्य बराबरको विभिन्न ब्राण्डका अतिसबाजी(पटका) हरु बरामद गरेको हो ।

लुकाई छिपाई राखीएको अवस्थामा पटकाहरु बरामद गरिएसंगै थप अनुसन्धान अगाडी बढाईएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु