adv

झापामा शनिवार थप ३१ जनामा कोरोना पुष्टि, ३ जनाको मृत्यु

झापा ,१५ कार्तिक । झापामा पछिल्लो २४ घण्टामा थप ३१ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । थपिएका मध्ये १४ महिला र १७ जना पुरुष छन् ।

स्वास्थ्य कार्यालय झापाका अनुसार जिल्लाका ८ वटा पालिकाका व्यक्तिमा संक्रमण पुष्टि भएको हो । संक्रमितमध्ये सबैभन्दा बढी कनकाई नगरपालिकाका ८ जना छन् । जसमा ६ महिला र २ जना पुरुष रहेका छन् ।

त्यस्तै, बिर्तामोडमा १ महिला र ५ पुरुष, दमकमा २ महिला र ४ पुरुष, मेचीनगरमा २ महिला, २ पुरुष, भद्रपुरमा १ महिला र २ पुरुष, बुद्धशान्तिमा २ महिला, शिवसताक्षी र हल्दिबारीमा १-१ जना पुरुषमा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।

कार्यालयका अनुसार पछिल्लो २४ घण्टाभित्र झापामा कोरोना संक्रमणका कारण ३ जनाले ज्यान गुमाएका छन् । ज्यान गुमाउनेमा बिर्तामोड र गौरीगञ्जका रहेका छन् । मृत्यु हुने सबै पुरुष छन् ।

बिर्तामोड ५ र ७ नम्बर वडाका ६५ र ६९ वर्षीय पुरुषको संक्रमणका कारण ज्यान गएको छ । त्यस्तै, गौरीगञ्ज ६ का ७३ वर्षीय पुरुषको पनि कोरोनाबाट मृत्यु भएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु