adv

कोरोना संक्रमणबाट झापाको बिर्तामोडमा थप एकजनाको मृत्यु

बिर्तामोड ,१७ कात्तिक  । कोरोना संक्रमणबाट झापाको बिर्तामोडमा थप एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बिर्तामोड ५ का ६२ वर्षिय देवीप्रसाद भट्टराई रहेका छन् ।

उनको आज बिहान २ बजे उपचारका क्रममा विराट मेडिकल कलेज विराटागरमा मृत्यु भएको हो । कात्तिक २ गते उनलाई संक्रमण पुष्टि भएपछि सोही दिन विराटनगर लगिएको थियो । मृतकको लाश लिनका लागि बिर्तामोड नगरपालिकाको शवबाहन पठाइएको परिवारले जनाएको छ ।

मृतक अलैची व्यवसायी तथा रोटरी क्लब अफ विर्तामोडका अध्यक्षनिर्मल भट्टराईका बुवा हुन् । योसँगै बिर्तामोडमा कोरोना संक्रमणबाट मृत्यु हुनेको सँख्या ७ पुगेको छ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु