adv

काेराेना संक्रमित समाजवादीका नेता इस्बाेकाे मृत्यु

सुनसरी । धरानको विकासमा सक्रिय गोर्खा सैनिकहरूको अधिकारका लागि अग्रमोर्चामा रहँदै आएका समाजसेवी तथा जनता समाजवादी पार्टीका नेता गजेन्द्र इस्बोको निधन भएको छ ।

केही दिनअघि कोरोना सङ्क्रमण देखिएपछि उनलाई उपचारका लागि विराटनगरस्थित न्युरो अस्पतालमा भर्ना गरिएको थियो । उनको आज बिहान ४ बजे उपचारको क्रममा निधन भएको पारिवारिक स्रोतल जनाएको छ ।

भूतपूर्व ब्रिटिश गोर्खा सैनिक सङ्घका पूर्वअध्यक्ष समेत रहेका इस्वो, किरात याक्थुङ चुम्लुङका पूर्वकेन्द्रीय सचिव र हाल केन्द्रीय सल्लाहकार पनि हुन् ।

धरानको विकास र समाज परिवर्तनका अभियन्ता इस्बो पछिल्लो समय जनता समाजबादी पार्टीबाट धरानको स्थानीय निर्वाचनमा मेयरको उम्मेदवार पनि थिए । (नागरिकखबर)

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु